सिन्धुपाल्चोकका दुई युवा यसरी परे प्रहरीको फन्दामा

522

बैशाख १३,
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रीपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङलाई मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित पक्राउ गरेको हो । उनीहरुले घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारेको र पुजा घरमा दुई नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानकारी दिएको हो ।
हिरा बहादुर गुरुङको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु राखेको अवस्थामा फेला परेको प्रहरीले थियो ।
उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी बाह्रबिसेको हिरासत कक्षमाराखि यस बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।