कक्षा ८ को परिक्षामा मित्रश्रीको उत्कृष्ठ नतिजा

10

कक्षा ८ को परिक्षामा मित्रश्रीको उत्कृष्ठ नतिजा
भक्तपुर । हालै प्रकाशित भएको कक्षा ८ को परिक्षा फलको नतिजा अनुसार मित्रश्री पाठशालाले उत्कृष्ठ नतिजा ल्याएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको यस विद्यालयले बीईई( आधारभुत शिक्षा परिक्षामा ) ४ जिपिए सहित सतप्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयका प्रार्चाय दीपक बहादुर विष्टले जानकारी दिए ।
३५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ४ जीपीए १ जनाले, ए प्लस १३, ए १६, बी प्लस ३ जनाले ल्याएका छन् । विद्यालयकी छात्रा रोज बस्नेतले ४ जीपीए र आशिष बर्शिङ थापा ३.९६ र आकृति खतिवडाले ३.९४ अंक ल्याएका छन् ।

यो नतिजा केवल एउटा परिणाम होइन, यो हाम्रा विद्यार्थीहरूको सपना, पसिना र निरन्तर प्रयासको सुन्दर उपलब्धि हो, प्रर्चाय विष्टले भने । प्रत्येक सफलताको पछाडि शिक्षकहरूको अथक मिहिनेत, मायालु मार्गदर्शन, विद्यालयको सुसंस्कारयुक्त वातावरण र अभिभावकहरूको अटुट विश्वास जोडिएको उनको भनाई छ । आजको यो उपलब्धिले हामीलाई अझ बढी जिम्मेवार र उत्साहित बनाएको छ—भोलिका दिनहरूमा अझ उत्कृष्ट नतिजा र उज्ज्वल भविष्य निर्माण गर्ने अठोटका साथ अगाडि बढ्ने प्रतिवद्धता समेत गर्न चाहान्छु, मित्रश्रीका प्रर्चाय विष्टले भने ।