आजको मौसमः हल्का वर्षा, हिमपातको सम्भावना

2

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

२०८२ माघ २९ गते (बिहीबार)
दिउँसोः तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरुमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
रातीः तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ।

तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरोको सम्भावना रहेको तथा तत्काल वर्षा हुने सम्भावना नरहेकोले तराई भू-भाग र उपत्यकाहरूमा वायू प्रदुषण पनि रही रहने भएकाले प्रदुषणबाट सुरक्षित रहनुका साथै पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।