दार्चुलाबाट २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका पूर्व मन्त्री गणेशसिंह ठगुन्ना यसपटक तेस्रो जित निकाल्ने सपनासहित नयाँ अनुहारसँग प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक रहेका ठगुन्ना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने नेपाली कांग्रेसका दिलेन्द्र बडूसँग पराजित भएका थिए । अहिले ठगुन्नाविरुद्ध कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजेशसिंह सामन्त चुनावी प्रतिस्पर्धा छन् । मुख्य प्रतिस्पर्धा भने एमालेका ठगुन्ना र कांग्रेसका जोशीबीच नै हुने आँकलन गरिएको छ ।













