चन्द्रमामा होटल बन्दै, कोठाको अग्रिम बुकिङ खोलियो

7

२१ वर्षीय अमेरिकी युवा स्काइलर च्यानले स्थापना गरेको ‘जीआरयू स्पेस’ नामक स्टार्टअप कम्पनीले आगामी सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । उक्त महत्वाकांक्षी योजनालाई मूर्तरुप दिनका लागि कम्पनीले अहिलेदेखि नै अन्तरिक्ष प्रेमीहरूका लागि होटलका कोठा बुकिङ खुलाएर अग्रिम भुक्तानी लिन सुरु गरिसको छ । हुनत सो चन्द्र होटलका कोठाको अन्तिम मूल्य कति हुने हो अझै तय भइसकेको छैन । तथापि एउटा कोठाको मूल्य १ करोड अमेरिकी डलरभन्दा धेरै हुने अनुमान संस्थापक च्यानको छ।