काठमाडौं : नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएका छन्। उनले अब युवा कांग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए। उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे। बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर छ। विपीहरूले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरूको रहेको बताए। उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए। उनले युवा कांग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे।














