विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ पुग्यो

10

काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो । चालु आर्थिक वर्षको मंसिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति २२ अर्ब १३ करोड पुगेको हो ।