काठमाडौं । बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो। विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन्। केही दिनदेखि सुरू भएको बाक्लो हुस्सु र बुधबारदेखि शितलहर पर्न थालेपछि अत्यधिक चिसो बढेकोले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टी हुने गरी पुस ११, १३ र १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ। भोलि १० गते क्रिसमसको अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा घोषणा गरिसकेको छ भने १२ गते शनिबार तथा १५ गते तमु ल्होसार परेकोले सार्वजनिक बिदा परेको छ।














