विहार विधानसभा निर्वाचन नेपालमा सीमा बन्द

19

काठमाडौं । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ। सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदल यात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ। जटही नाका दैनिक रूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति श्रृंखलाको महत्वपूर्ण मार्ग हो।

बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो। भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ। निर्वाचनको समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदान प्रक्रियालाई सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा उच्च सतर्कताका साथ खटिएका छन्। नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल ९एसएसबी० र विहार प्रहरीले संयुक्त रूपमा गस्ती र जाँचलाई तिब्र पारेका छन्।