Sunday, September 27, 2026
Home समाचार निकोलस भुसाल गोरखाबाट पक्राउ

निकोलस भुसाल गोरखाबाट पक्राउ

18

काठमाडौं । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई दिउँसो पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो। भुसाल सोमबार गोरखा पुगेका थिए। ‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, मेडिकल गराउन अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले भने।उनलाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको छ। भुसालले अराजक अभिव्यक्तिहरू दिएको भन्दै सोधपुछ गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ।