मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक भएको छ ।एलिस कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको स्वर रहेको गीतलाई पवित्रा घिमिरेले लेखेकी हुन् ।गीतको नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । यो फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् । आलोक शुक्लाले खिचेको गीतमा शीर्ष कलाकार फिचर्ड छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरले अभिनय गरेका छन् ।













