Tuesday, October 6, 2026
Home मनोरन्जन टिकटकमा प्रतिबन्ध लगाउन सरकारलाई अदालतको निर्देशन

टिकटकमा प्रतिबन्ध लगाउन सरकारलाई अदालतको निर्देशन

53

चैत २१’ एजेन्सी.
काठमाडौँ युवावर्गमा लोकप्रिय एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो ।

मद्रास हाइकोर्टको बेन्चले एपविरुद्ध दायर गरिएको रिट निवेदनमाथि बुधबार सुनवाई गरेको थियो । अदालतले भनेको छ कि टिकटकको प्रयोग गर्ने दर्शकहरु बच्चाहरु पनि भएको र उनीहरु यौनशोषणको खतरामा रहने दावी गरेको छ । एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अश्लिल साहित्य सांस्कृतिक गिरावट, बाल शोषण, आत्महत्याहरुको हवाला दिँदै एपमाथि प्रतिवन्ध लगाउने निवेदकले माग गरेका थिए ।

इन्डोनेशिया र बंगलादेशको सरकारले पनि यो एपमाथि प्रतिबन्ध लगाइसकेका छन् । नेपालमा पनि टिकटक निकै लोकप्रिय बनिरहेको छ ।