न्यौपानेलाई ​कांग्रेसले राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार बनाउने

12

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार ईश्वरी न्यौपानेलाई बनाउने भएको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। नेताहरूले यस्तो निर्णय गरेको जानकारी आफूले पाएको न्यौपाने स्वय‌ंले थाहाबरलाई जानकारी दिइन् । उनले भनिन् हो नेताहरूले राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार मलाई बनाउने निर्णय गर्नभएको छ। यही जानकारी मैले पाएँ।

संसदीयु सुनुवाइ समितिका सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको हो । दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईँलगायतको नाम पनि चर्चामा भए पनि नेताहरूबीच न्यौपानेको नाममा सहमति जुटेको हो।
राज्य व्यवस्था समितिको सभापति निर्वाचनका लागि मंगलबार १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। कांग्रेसकै तर्फबाट उक्त समिति सभापति रहेका रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा भएको छेडखानी प्रकरणमा राजीनामा दिएपछि अर्को सभापति चयनको प्रक्रिया अघि बढेको हो।