नीता ढुंगानाले निर्देशन गर्ने ‘पार्वती’ माघ १ मा आउने

18

काठमाडौं । नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’को प्रदर्शन मिति माघ १ गतेलाई तय गरिएको छ । रक्षा बन्धनको अवसरमा शनिबार टिजर पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज डेट घोषणा गरेका हुन् । नीता फिल्म्सको प्रस्तुति रहने यो फिल्मले दुई टिजर पोस्टर सार्वजनिक गरेको छ । फिल्मको पटकथा तथा संवाद लेखन शिवम अधिकारीको हुनेछ ।छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । निर्माण समूहमा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन् । यो फिल्मलाई हाँसो, भावना र सामाजिक सन्देश मिश्रित फिल्म बताइएको छ ।‘एक साधारण पात्रको नजरबाट जीवनका रङ, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ’ फिल्मबारे जानकारी दिन निर्माताद्वारा प्रेषित इमेलमा उल्लेख छ ।असोजबाट छायांकन हुने जनाइएको छ यो फिल्मका अन्य प्राविधिक र कलाकारबारे खुलाइएको छैन । फिल्मलाई काठमाडौं उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् । काठमाडौं उपत्यकाबाहिर एफडीले वितरण गर्नेछ ।