नगरकोटको होटलमा बसेर अनलाइन जुवा खेलाउने भक्तपुरका युवा पक्राउ

262

भक्तपुर । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले अनलाइन जुवा खेलाएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । नगरकोटमा रहेको होटल नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रीन पिस रेष्टुरेण्ट नामक होटलमा बसेर अनलाइन जुवा खेलाउने उनीहरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय दिगज नकर्मी, कमल बिनायकका २८ वर्षीय सञ्जिव कुशी, त्यहिँका २४ वर्षीय रोशन प्रजापति रहेका छन् । सुर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं–१६ शान्तीनगर बस्ने २१ वर्षीय राजन महर्जन रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेले जानकारी दिएका छन्  ।

प्रहरीले उनीहरुको साथबाट ५ थान ल्यापटप र १८ थान मोबाइल बरामद गरिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनिहरु बसेको होटल मण्डनदेउपुर नगरपालिका वडा न २ मा पर्दछ ।