Tuesday, September 22, 2026
Home राजनीति ‘संसदमा ‘बा’ को सांसदको खोजी

‘संसदमा ‘बा’ को सांसदको खोजी

24

काठमाडौँ । कर्मचारीको सरुवाकालागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस माग गरेको अडियोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने आवाज विपक्षी दलहरुले उठाएका छन्। रास्वपाकी सांसद सुमना श्रेष्ठले पनि घुल डिल गरेको विषयमा छानबिन गमा गरिन्। अडियोमा भनिएको ‘बा’बारे प्रष्ट हुनुपर्ने श्रेष्ठको भनाइ छ। श्रेष्ठले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउने भन्ने सेटिङ बाहिरिएको छ। किन भुमि विधेयक फस्टट्राकमा पारित गर्न खोजिएको बुझियो? आफू अनुकुल मान्छे, आफु अनुकुल कानुन। एउटा मन्त्रिले अर्को मन्त्रिलाई पोलेको छ। यसको छानबिनको हामी माग गर्छौँ। ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउं हो? अडियोमा भनिएको ‘बा’ भनेको के हुन्।’

कास्कीमा मालपोत अधिकृत र जिल्लाको भूमि आयोग अध्यक्ष नियुक्तिका लागि गुप्ताले ७८ र ५३ लाख माग गरेको अडियो बाहिरिएपछि आइतबारको संसदमा विपक्षी दलहरुले प्रधानमन्त्रीसँग जवाफ माग गरेका हुन्। प्रमुख प्रतिपक्षी दल माओवादीले घुस मागेको विषयको सत्यतथ्यबारे प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सदनमा जवाफ माग गरेको छ। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा भने, ‘सामान्य प्रशासन मन्त्रीले घुस माग गरेको विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ। सरकारले सुशासनको पक्षमा दह्रो कमद चालोस्।’ माओवादीका अर्का सांसद ज्ञानु बस्नेत सुवेदीले पनि सामन्य प्रशासनमन्त्रीको अडियोबारे प्रधानमन्त्रीको धारणा आउनुपर्ने बताइन्। ‘अडियोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, बस्नेतले संसदमा भनिन्, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिन भन्नुभएको थियो। तर उहाँकै मन्त्रीले घुस मागेको अडियो बाहिरिएको छ।’ भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले पनि घुस मागेको विषयमा जोडिएका छन्।