Sunday, September 20, 2026
Home राजनीति उच्चस्तरीय आयोग नबनेसम्म राप्रपाले संसद बहिस्कार जारी राख्ने

उच्चस्तरीय आयोग नबनेसम्म राप्रपाले संसद बहिस्कार जारी राख्ने

18

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने बताएकी छिन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन्। उनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भए पनि सरकारले नसुनेझै गरेको जिकिर गरिन्। उनले भनिन्, ‘भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडगार माग गरेको छ। तर सरकारले सुने पनि नसुनेजस्तै गरेको सभामुख महोदय। जबसम्म छानबिन समिति बन्दै तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बहिस्कार गर्दछ।’सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराइन्।