सभामुख ६ दिनको लागी कतार भ्रमणमा जाँदै

113

चैत २२,
काठमाडौँ -प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नेतृत्वमा संघीय संसद्का दुवै सदनबाट सांसदहरू आज कतार भ्रमणमा जाँदै छन् । प्रतिनिधिसभाका चार सांसद, राष्ट्रिय सभाका एक र संसद् सचिवालयका तीन कर्मचारी भ्रमण दलमा रहेका छन् । सभामुख महराको नेतृत्वमा नेकपाकी प्रतिनिधिसभा सांसद शान्ता चौधरी र नेकपाकै राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी भ्रमण दलमा रहेका छन् । यस्तै, भ्रमण दलमा नेपाली कांग्रेसकी पुष्पा भुसाल, संघीय समाजवादी फोरमका सांसद विमलप्रसाद श्रीवास्तव, राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्ण पनि सभामुखसँग कतार जाँदै छन् । जनप्रतिनिधिसँगै संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र प्रेस सल्लाहकार डिल्ली मल्ल पनि भ्रमणमा सहभागी हुनेछन् ।

आजबाट आगामी २७ चैतसम्म कतारको दोहामा हुने अन्तर पार्लियामेन्टरी युनियन ९आईपीयू०को १४०आंै साधारण सभा र सोसँगै सम्बन्धित अन्य बैठकमा भाग लिन महरा नेतृत्वको टोली कतार जान लागेको हो । ६ दिनसम्म चल्ने साधारण सभामा सभामुख महराले ‘पार्लियामेन्ट एज प्लेटफर्म टु इन्हान्स एजुकेसन फर पिस, सेकुरिटी एन्ड दि रुल अफ ल’ शीर्षकको जेनरल डिवेटमा नेपालको तर्फबाट धारणा राख्ने संसद सचिवालयका प्रवक्त डा। रोजनाथ पाण्डेले जानकारी दिए । त्यसैगरी, महिला सांसदहरूको बैठकमा नेपालको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले भाग लिने कार्यक्रम रहेको छ । युवा संसद सदस्यहरूको बैठकमा नेकपाकी सांसद शान्ता चौधरीले भाग लिनेछिन् । यसैगरी, प्रतिनिधिमण्डलका सांसदहरूले ‘स्टेन्डिङ कमिटी अन सस्टेनेबल डेभलप्मेन्ट, फाइनान्स बलम ट्रेड’को बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।