Sunday, September 20, 2026
Home समाचार एक सुत्केरी मृत फेला

एक सुत्केरी मृत फेला

19

गोदावरी : कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन्। स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुुलेको बताए। नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन्। उनको १६ दिनको नवजात शिशु छोरा भने जिवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।