काठमाडौं : इण्डोनेसियाको बानडङमा सन् १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञले चर्चा गरेका छन्। असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउडसंस्थाले अन्तक्रिया आयोजना गरेको हो। कार्यक्रमका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद् प्राडा मोहन लोहनी, परराष्ट्रविद् महेश भट्ट, फ्रेण्ड्सन अन द क्लाउका अध्यक्ष शोभित उप्रेती लगायतले वर्तमान बहुध्रुवीय उन्मुख विश्व शक्ति, परिवर्तित भू-राजनीति र नेपालको अवस्थाबारे धारणा राखे।
एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले असंलग्नता र पञ्चशील नेपालको विदेशी नीतिको मूल मन्त्र भएकाले शक्ति राष्ट्रको स्वार्थमा अल्झिन नहुने धारणा राखे। शक्ति राष्ट्रले आफू अनुकुल सैन्य एवं आर्थिक गठबन्धन गराउने क्रम बढेकाले नेपाल जस्तो राष्ट्रले सन्तुलित नीतिकासाथ अघि बढ्नुपर्ने धारणा राखे। प्राध्यापक लोहनी, विज्ञ भट्ट र अध्यक्ष उप्रेतीले विश्वासयोग्य परराष्ट्र नीति र त्यसअनुसार व्यवहार प्रदर्शन गर्नुपर्ने आवश्यकतमाा जोड दिए। इण्डोनेसियाका शासक सुकार्नोले सन् १९५५ मा बानडुङ सम्मेलन गराएर असंलग्न नीतिलाई विश्वसमक्ष प्रस्तावका रूपमा अघि सारेका थिए। बानडुङमा नेपाललगायत केही राष्ट्रले असंलग्न नीतिको निर्भीक समर्थन गरे भने सन् १९६१ मा युगोस्लाभियाको बेलग्रेडमा आयोजित सम्मेलनमा असंलग्न बस्न चाहने राष्ट्रको संख्या बढ्यो। विश्वका चर्चित राजनेता एउटै मञ्चमा देखिएपछि त्यसले एसिया, दक्षिण अमेरिका, अफ्रिका आदि क्षेत्रका राष्ट्रलाई नवीन सन्देश दिएको थियो।













