Sunday, September 20, 2026
Home राजनीति मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर रोकिन्छः पूर्वगभर्नर...

मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर रोकिन्छः पूर्वगभर्नर नेपाल

22

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् । बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताएका हुन् । जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ ।सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरू पलायन हुने गरेको उल्लेख गर्दै उनीहरूलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए । उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताए । मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ ।