Wednesday, September 23, 2026
Home खेलकुद पहिलो पटक पीएसजीले जित्यो च्याम्पियन्स लिग

पहिलो पटक पीएसजीले जित्यो च्याम्पियन्स लिग

15

काठमाडौं । फ्रेन्च क्लब पीएसजीले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोल अन्तरले परजित गर्दै पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। पीएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक एक गोल गरेका थिए। युवा खेलाडीले भरिएको पीएसजीका अगाडि इन्टर मिलान निरिह देखियो।

पीएसजीको क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। यसअघि किलीयन एम्बाप्पे, लियोनेल मेसी र नेइमार जस्ता सुपस्टार फुटबलरले पनि पीएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेका थिएनन्।
पीएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो।