Monday, September 21, 2026
Home राजनीति कांग्रेस भन्छ ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन्’

कांग्रेस भन्छ ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन्’

25

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको नेपाली कांग्रेसले बताएको छ। पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता प्रकाशशरण महतले गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको तर संलग्न रहेकाहरूलाई कारवाही गर्ने बताएका हुन्। ‘गृहमन्त्री रमेश लेखक पार्टी बैठकमा घटनाबारे सबिस्तार आफ्नो कुरा राखेको कांग्रेसका नेताहरुको भनाई रहेको छ । गल्ती कमजोरी छैन भन्ने कुरा राख्नु भो, यो कुरा राखेपछि उहाँको कुरामा पूर्ण विश्वास गर्यौँ,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता महतले भने,’उहाँको संलग्नता छैन। जो संलग्न छन्, उनीहरूमाथि कारवाही हुनुपर्छ। यस विषयमा हामी सबै विश्वस्त भएका छौँ।’