Tuesday, September 22, 2026
Home अर्थ भक्तपुरको कमलविनायकमा सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन खुल्यो

भक्तपुरको कमलविनायकमा सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन खुल्यो

372

भक्तपुर । बजारमा विद्युतीय सवारी साधन (इभी)को संख्या बढेसंगै धमाधम चाजिङ्ग स्टेशनहरु खुल्न थालेका छन् । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक, भत्केको पाटीमा सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन खुलेको छ ।
शुभलक्ष्मी अटो वास एण्ड मल्टिटे«डिङ्ग प्रा.लिले भक्तपुर जिल्लाका साथै उत्तरपूर्वी क्षेत्र र नगरकोट जाने पर्यटकलाई लक्षित गरेर इभी चार्जिङ्ग स्टेशन संचालनमा ल्याएको कम्पनिका व्यवस्थापक सुदिन के.सीले बताए ।

के.सी अनुसार हाल परिक्षण कालमा रहेको र केही दिनभित्रमा तीन वटा सवारी साधन एकै पटक फास्ट चाजिङ्ग गर्न मिल्ने गरि कम्पनिले तयारी गरेको छ । नयाँ नेपाल न्यूजसंग कुरा गर्दै व्यवस्थापक केसीले भने “हामी उचित मुल्यमा गुणस्तरीय सेवा ग्राहकवदिने गरि काम गर्दै छौं ।” यहाँ मोटर साइकलका साथै अन्य सवारी साधन धुने (वासिङ्ग), साना सवारी मर्मत र चार्ज गर्न मिल्ने व्यवस्था रहेको के.सीले जानकारी दिए ।