काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा संचालित भ्यान ब्यवसायीहरुले बागमती प्रदेश सरकार समक्ष पत्रकार सम्मेलन मार्फत पुराना भ्यानको सट्टा नयाँ विद्युतीय (EV) भ्यान संचालनको लागि सात बुदे माग राखेका छ्न। काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा कालिमाटी तरकारी तथा फलफुल भ्यान यातायात सेवा प्रा.लि.को तर्फबाट कार्यकारी सचिव कुमार सिं तामाङले राखेका विचार तथा मागहरु जस्ताको तस्तै!
कालिमाटी तरकारी तथा फलफूल भ्यान यातायात सेवा प्रा.लिमा आवद्ध भएका हामी ब्यवसायीहरुले कालिमाटी फलफूल तथा तरकारी बजार स्थापना कालदेखि नै काठमाडौ उपत्यका भित्र फलफूल तथा तरकारीको ढुवानी सेवा साना सवारी साधन मार्फत पुर्याउदै आएका छौं । बजार स्थापनाको समयदेखि हालसम्म निरन्तर ढुवानी सेवा प्रदान गर्ने क्रममा ३ पाङ्ग्रे टेम्पुबाट शुरु भएको हाम्रो ब्यवसायीक सेवा कार्गो भ्यान हुँदै अब विद्युतिय सवारी साधन ( EV) सम्म आईपुदै छ। २०६१ सालमा ३ पाङ्ग्रे टेम्पु विस्थापित हुँदा सोको सट्टामा पेट्रोलबाट चल्ने भाडाका कार्गो भ्यान संचालन गर्दै आएका थियौ। २० बर्ष पुराना पेट्रोलियम पदार्थबाट चल्ने साना सवारी साथनलाई विस्थापित गरि प्रदुषण रहित विद्युतीय सवारी साथनलाई( EV) संचालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनको चरणमा छ।बागमती प्रदेश सरकारको श्रम,रोजगार तथा यातायात मन्त्रालयले ” प्रदेश भित्र संचालन हुने साना यात्रुवाहक सार्वजनिक सवारी साधनको गुणस्तर ,संचालन तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड २०७९ ” मा विस्थापित हुने सवारी साधन र रुटको ब्यवस्था गरिएको भए पनि कालिमाटी तरकारी बजारमा भाडाका कार्गो भ्यानहरु भने समेटेको छैन। मापदण्डमा तत्कालै समेट्न प्रदेश सरकार ,मन्त्रालयलाई पटक पटक निवेदन र ध्यानाकर्षण मार्फत माग गरेका छौं । हाल प्रदेश सभामा यसै सम्बन्धमा विधेयक प्रस्तुत हुने तयारीमा छ। प्रस्तुत हुने बिधेयकमा कालिमाटी फलफूल तथा तरकारी बजारबाट बिस्थापित हुने सवारी साधनको सट्टा वैद्युतीय सवारी साधन ( EV) को संचालनमा विशेष सुबिधाको व्यवस्था गर्न आवश्यक छ। तसर्थ बागमती प्रदेश सरकार समक्ष निम्न बमोजिमको ब्यवस्थाको लागि माग गर्दछौं ।
१.श्रम ,रोजगार तथा यातायात मन्त्रालयबाट जारी .. सवारी साधनको गुणस्तर ,संचालन तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड ,२०७९ मा छुट भएको कालिमाटी तरकारी तथा फलफूल भ्यान यातायात सेवालाई मापदण्डमा समावेस गरि प्रतिस्थापन भ्यानको सट्टा EV भ्यानको सन्चालन अनुमती प्रदान गरियोस् ।
२. कालिमाटी फलफूल तथा तरकारी बजारमा ढुवानी सेवा प्रदान गर्दै आएका हामी ब्यवसायीलाई अब खरिद गरिने EV भ्यानमा भन्सार छुटको ब्यवस्था गरियोस् ।
३. साना सवारी साधनमा स्वरोजगार मजदुरबाट संचालित हुने हुनाले बैकिङ कर्जा सुबिधामा विशेष ब्यवस्था गरियोस् ।
४.प्रतिस्थापित हुने कार्गो भ्यान सम्बन्धि नयाँ व्यवस्था नहुन्जेल संचालनमा सहजताका लागि कागजपत्र फुकुवा गरियोस् । साथै ट्राफिक प्रहरीबाट दिईने हैरानी बन्द गरियोस् ।
५. कृषि तथा दैनिक उपभोग्री बस्तुको ढुवानीमा ट्राफिक प्रहरीबाट अनावश्यक अफिस समय लागू गरिएको हुनाले उक्त कृषि उपज ओसारपसारमा लगाईएको अफिस समय अभिलम्भ हटाईयोस ।
६. नीजि सवारी साधनबाट प्रयोजन बिपरित कार्य भई रहेको हुँदा उक्त कार्य तत्कालै बन्द गरियोस् ।