Monday, September 21, 2026
Home समाचार कृषि मन्त्रालय संग मिलेर काम गर्न खोजेका छौं: स्वास्थ मन्त्री पौडेल

कृषि मन्त्रालय संग मिलेर काम गर्न खोजेका छौं: स्वास्थ मन्त्री पौडेल

38

काठमाडौं । स्वास्थ मन्त्री प्रदीप पौडेलले पशुपन्क्षीलाई निरोगी बनाउदा त्यसको सकारात्मक योगदान औषधि ब्यवस्थापनमा पर्ने भएकाले कृषि मन्त्रालय संग मिलेर काम गर्न खोजेको बताएका छन। नेपाल पशुपन्क्षी औषधि ब्यवसायी संघको काठमाडौमा आयोजित२४औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले पशुपन्क्षी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेकाले यो क्षेत्रलाई ब्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। बिषयगत बिषयमा ब्यवसायी संगठन र बिज्ञहरुले राजनीतिक र प्रशासनिक क्षेत्रलाई नीतिगत सुझाव दिन पनि आग्रह गरे।औसधि ऎन संशोधनको तयारीमा रहेकोेमा अब छिट्टै प्रक्रियामा जाने मन्त्री पौडेलले जानकारी गराए।