Saturday, October 17, 2026
Home समाचार दुई जिल्लाका सिडिओ फेरिए, काभ्रेमा ढकाल

दुई जिल्लाका सिडिओ फेरिए, काभ्रेमा ढकाल

191

काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई परिर्वतन गरेको हो । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।