Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

24

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन्। बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताए। यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताए। ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको र्‍यालीमा कानमा गोली लागेको बताइएको छ। भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्‍यालीमा पपिङको आवाज आएको सुनिएको थियो। भीडमा चिच्याएको सुन्न सकिन्थ्यो। ट्रम्पलाई गुप्त सेवा एजेन्टहरूले तुरुन्तै स्टेजबाट बाहिर निकालेका थिए। एकजना र्‍याली सहभागी र संदिग्ध बन्दुकधारीको मृत्यु भएको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।