‘पावर’ बढाउने औषधी खाएपछि युवकको मृत्यु !

39

काठमाडौं । मलेसियाबाट घर आएको दुई घण्टमा घरमा झुट बोलर एक युवक प्रेमीका भेटन गए । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको सेक्स पावर’ बढाउने औषधीको कारण मृत्यु भएको छ ।

साथीलाई सामान दिन्छु भनी घरबाट निस्केको उनी प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेको प्रहरी अनुसन्धानमा देखिन्छ । सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

उनी बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेका थिए ।प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ । बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीलेका एक अधिकृत जानकारी दिए ।