Monday, September 21, 2026
Home समाचार अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाक

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाक

45

काठमाडौ । गृह मन्त्रालयले अध्यागमन कर्मचारीहरूका लागि छुट्टै पोशाक लगाउन पर्ने निर्णय गरेको छ ।

देशको मुहारका रुपमासमेत लिइने विमानस्थलमा कार्यरत कर्मचारीहरूका लागि छुट्टै पोशाक हुनुपर्ने सुझावहरू पछि गृह मन्त्रालयले अध्यागमन अधिकारीहरूका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

यससँगै महिला कर्मचारीले ग्रे रङ्गको कोट पाइन्ट र फिक्का आकासे रङ्गको सर्टमा गाडा निलो रङ्गको टाई रहेको छ भने पुरुष कर्मचारीको हकमा सोही डिजाइनको कोट पाइन्ट र सर्ट तोकिएको छ । महिला कर्मचारीले यदि साडी चोलो लगाएमा राष्ट्रिय पोशाकमा तोकिएको सेतो साडीमा ढाकाको पारी राखेर कोट लगाउनु पर्नेछ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेवा प्रदायकका रूपमा सयौँ एजेन्सीहरूले काम गर्दै आएका छन् । अन्य निकायसँग पनि अध्यागमनका कर्मचारीको पोशाक मिल्न गई को कताको कर्मचारी हो भन्ने प्रष्ट छुट्याउन कठिनाई भई त्यहाँ भएका कमीकमजोरीका सम्पूर्ण भागीदार अध्यागमन कार्यालयका कर्मचारी बनिरहनु परेकोले पनि छुट्टै ड्रेस कोडको आवश्यकता महसुस गरिएको बताइएको छ ।