विद्यार्थी र अभिभावकको मन जित्दै वेदिक स्कूल

106

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा रहेको वेदिक विद्यालयले भिन्न तर उत्कृष्ट रुपमा शिक्षा प्रदान गर्दै विद्यार्थी र अभिभावकको मन जित्न सफल बनिरहेको छ ।

भुकम्प प्रतिरोधी भवनबाट विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता, चरित्र विकास र सामाजिक उत्तरदायित्वलाई बढावा दिने समग्र सिकाइ अनुभव प्रदान गरिरहेको छ । विद्यार्थीहरूलाई सक्रिय सहभागिता र व्यावहारिक–आधारित शिक्षालाई प्रोत्साहित गर्ने विविध र समावेशी वातावरण प्रदान गरिरहेको विद्यालयले आफूलाई निरन्तर रुपमा उत्कृष्टकताको प्रमाण एकपछि अर्काे पेस गरिरहेको छ ।

विद्यालयका अध्यक्ष जर्नादन अधिकारीले वेदिक स्कूलले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै बाहिरका विद्यार्थीहरूको सिकाइ अनुभवहरू बढाउन उन्नत प्राविधिक पहुँच र सुविधाहरूको प्रयोग गरिरहेको बताउनुभयो । त्यही कारण विद्यार्थी र अभिभावकको रोजाईमा वेदिक विद्यालय परिरहेको दाबी गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल धर्मेन्द्र कुमार पिठाकोटेले विद्यालयले विद्यार्थीहरूलाई सिकाउने क्षेत्रहरू र विषयहरू छलफलका लागि सामग्रीहरू अन्वेषण गर्ने, परियोजनाहरूको समीक्षा र अनुकूलन गर्न, सामग्री व्यवस्थित गर्न, र चयन गरिएका कार्यहरू पूरा गर्ने उल्लेख गर्नुभयो । त्यसका लागि सहजकर्ताहरू र साथीहरूसँग अन्तरक्रिया गर्ने महत्वलाई जोड दिने गरेको दाबी गर्नुभयो ।

उहाँले विद्यार्थीहरुमा राम्रो र नराम्रो कुराको बारेमा जान्ने सोच कौशल विकास गर्ने र आफूले प्राप्त गरेको जानकारीको तर्कसंगत विश्लेषण गर्न सक्ने र तार्किक निष्कर्ष निकाल्न सक्ने उल्लेख गर्नुभयो ।
उत्कृष्टताको अर्काे उदाहरण विद्यालय गाना

लोकप्रिय गायक तथा विद्यालयका अभिभावक रामचन्द्र काफ्लेको स्वर र संगितमा विद्यालयले आफ्नो विद्यालय गानाको विमोचन गरेको छ । भक्तपुरको जर्मन होम्समा विद्यालय परिवार गायक सङ्गितकार र पत्रकारको समुपस्थितीमा विद्यालय गानाको विमोचन गरिएको हो ।
विद्यालयको गतिविधिसँगै विद्यार्थीका लागि प्रदान गरेको नैतिक तथा व्यवहारिक शिक्षाको बिषय समेटिएर तयार पारिएको विद्यालय गाना निक्कै उत्कृष्ट बनेको छ । जसको कारणले वेदिक विद्यालयले आफूलाई थप उत्कृष्ट रहेको अनेकौ प्रमाण समेत पेस सोही गानाले गरेको कार्यक्रममा सहभागीले टिप्पणी समेत गर्नुभएको छ ।

विद्यालय गानाको अध्यक्ष, प्रिन्सिपल, फाउण्डर आरे राउत, गायक तथा सहभागीले गानालाई बजाएर सुभारम्भ गर्नुभएको थियो । गानामा विद्याालयको अध्यापन गराउने तरिका, अतिरिक्त कृयाकलापमा विद्यार्थीको सहभागिता, नैतिक तथा व्यवहारिक शिक्षा प्रदान गरिरहेको अवस्था समेटेर भिडियो सामाग्री सार्वजनिक गरिएको छ ।

आजका हामी कोपिला भोलि त पक्कै फुल्नु छ ।
पूर्वको घाम ज्योति झै, यही माटोमा खुल्नु छ ।
अनुशासन र नैतिकता,सिकेर अघि बढ्नु छ ।
देशको मुहार फेर्नेलाई खुड्कीलो अझै चढौला ।
वेदिक हाम्रो आँगन ज्ञानको पहिलो मुहान ।