Monday, September 21, 2026
Home राजनीति पार्टी फुटाउनु माधव नेपालको आत्मघाती कदम, एमाले माइतीघर, जतिबेला पनि फर्किन्छु :...

पार्टी फुटाउनु माधव नेपालको आत्मघाती कदम, एमाले माइतीघर, जतिबेला पनि फर्किन्छु : पूर्वराष्ट्रपति भण्डारी

29

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी फुटाएर माधव नेपालले आत्मघाती काम गरेको बताएकी छन्।‘घटना र विचार’का सञ्चालक देवप्रकाश त्रिपाठीसँगको अन्तर्वार्तामा ​पूर्वराष्ट्रपति भण्डारीले पार्टी फुटाएर आत्मघाती काम गरेको बताइन्।डेढ घण्टाको अन्तर्वार्ताको अधिकांश समय निकै संयम रहेकी उनले माधव नेपालको बारेमा सोधिएको प्रश्नमा केही आक्रोश पोखिन्। एमालेको उपाध्यक्ष समेत रहेकी उनले मदन भण्डारीको निधनपछि निरन्तर ३ कार्यकाल नेतृत्व गरेका माधव नेपालले केही समय धैर्य गरेर बसेको भए थुप्रै अवसर प्राप्त गर्ने दाबी समेत गरिन्।‘एमालेको पाँचौं अधिवेशनको तीन महिना मात्र मदन भण्डारीले नेतृत्व गरेको नेता नेपालले पार्टीको पाँचौँ, छैटौँ र सातौँ कार्यकालको नेतृत्व लिनु भयो’, उनले भनिन्, ‘उहाँ कुनै ग्रहबाट आउनु भएको हैन। पार्टीले उहाँलाई नेता मानेको हो। त्यसकै बलमा उहाँ प्रधानमन्त्री बन्नु भयो। एमाले अन्य पार्टीको तुलनामा निकै अनुशासित पार्टी हो। केही धैर्य गर्नु भएको भए अन्य अवसर पाउनु हुन्थ्यो। उहाँको कदम आत्मघाती भयो।’‘पार्टीमा फर्किनु हुन्छ’ भन्ने प्रश्नमा उनले एमाले आफ्नो माइतीघर भएको र छोरीलाई घर पठाउँदा गोत्र मात्र परिवर्तन भएको भन्दै जतिवेला पनि फर्किन सक्ने प्रतिक्रिया दिइन्।