भक्तपुरमा प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

52

भक्तपुर, । भक्तपुर जिल्ला खेलकुद विकास समितिले को आयोजना प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरि ५१ जनाको सहभागिता रहेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष बिजेतालाई प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

बागमति प्रदेश खेलकुद बिकास समितिको समन्वयमा जिल्ला समन्वय समितिको हलमा सुरु भएको प्रतियोगिताको समितिका अध्यक्ष दीपक थापाले उद्घाटन गरेका थिए ।

स्वीस लिग सिस्टममा ट्राइ बेकरको आधारमा सात राउण्ड खेलाईने प्रतियोगितामा विजयी खेलाडी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागि हुन पाउने छन् । प्रतियोगीता भोली शनिबार सम्पन्न हुनेछ ।