Tuesday, September 29, 2026
Home समाचार पराल बोकेको गाडीमा आगजनी

पराल बोकेको गाडीमा आगजनी

57

इलाम : पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन्। झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन्। बन्दकर्ताले आगो लगाउदा पिकअप पूर्ण रुपमा जलेको छ। बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन्। मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए। बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन्।