Thursday, September 24, 2026
Home समाचार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

63

काठमाडौं : झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।गएराति साढे ११ बजे फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा झापा गाउँपालिका–३ का २० वर्षीय चालक मनिस बाँसकोटा रहेको झापा प्रहरीले जनाएको छ। अर्को मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय सौरब बाँसकोटाको र पछाडी सवार सोही स्थानका २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ।