फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

80

साउन ३२,
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १र१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ । अझै पनि सीमावर्ती भारतीय बजार रक्सौल भन्दा वीरगञ्जमा पेट्रोल ३०।७१ रुपैंया र डिजेल ३७।२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।