Saturday, October 3, 2026
Home पर्यटन होमस्टेका बिदेशी पाहुना नगरकोटमा बारी खन्नमै व्यस्त

होमस्टेका बिदेशी पाहुना नगरकोटमा बारी खन्नमै व्यस्त

205

भक्तपुर (नगरकोट) । फ्रान्कस्टोन हाईस्कुल, अस्ट्रेलियाका विध्यार्थिहरु यतिबेला नगरकोट सामुदायिक होमस्टे, बास्तोला गाउँमा तरकारी गोड्ने, बारि खन्ने, टपरी गास्ने, सरसफाइ गर्ने, खाना बनाउने लगाएत कार्यमा ब्यस्त छन ।

नेपाली रहनसहन तथा जिवनशैली बारे जानकारी हासिल गर्न कम्युनिटी होमस्टे नेटवर्कको सहकार्यमा ६० भन्दा बढी संख्यामा फ्रान्क्स्टोन हाईस्कुलका विध्यार्थिहरु अहिले नगरकोट सामुदायिक होमस्टेमा रमाईरहेका छ्न ।
होमस्टेको अर्थ पनि यहि हो, होमस्टेमा आउने पाहुनाहरुलाई नेपाली आतिथ्यता, रहनसहन, खानपान, चालचलन, रहनसहन, संस्कार, संस्कृतिको उत्कृष्ट अनुभव आदनप्रदान गर्नु हो ।

नगरकोट सामुदायिक होमस्टेमा आउने पाहुनाहरुलाई ब्राह्मण समुदायको संस्कृति अनुसार ब्राह्मण बाट स्वस्ती बाचन सहित फुल मालाबाट स्वागत गरि पालो अनुसारको घरमा पठाईन्छ, घरमा खाजा बाट स्वागत गर्ने गरिन्छ, अनि गाउँका अन्य होमस्टे घर, सभा हल, म्युजियम, जङ्गल तथा झोलुङ्गे पुलको अवलोकन गराई बेलुकिको खानाको लागि पाहुनालाई स्थानीय करेसाबारीमा लगि ताजा ताजा तरकारी टिप्न लगाई सोहि तरकारी बनाउन भान्सामा लगिन्छ, पाहुनाले आफै नेपाली तरिकाको खाना तयार गरि परिवारका साथ संगै बसेर खाना खाने गर्दछन । खाना खाई सकेपछी होमस्टे संचालक परिवार सहित सास्कृतिक कार्यक्रमको लागि सभा हलमा लगिन्छ जहाँ सांस्कृतिक प्रस्तुति होमस्टे संचालक बा/आमा, छोरा/बुहारी तथा नाति/नातिनाबाट स्थानिय भाका, नृत्य तथा खैजडी भजनबाट पाहुनालाई मनोरञ्जन प्रदान गरिन्छ भने पाहुना हरुको तर्फबाट पनि प्रस्तुति राख्न लागाईन्छ, जस्ले गर्दा दुबै पक्षमा सांस्कृतिक आदन प्रदान गर्न मद्दत मिल्नेछ । यसरी पहिलो दिनको सबै कार्यक्रम समाप्ति संगै दोश्रो दिन बिहानिको खाजा पछि स्थानीय ऎतिहासिक सम्पदा जाल्पादेवि मन्दिरको दर्शन गराई पुन पाहुनाहरुलाई होमस्टेमा लगि मौसम अनुसारको खेतबारीको काममा सहभागी गराइनुका साथै मोहि पार्ने, टपरी गास्ने, गाई दुने, गोबर सोहर्ने, घरायसी कामहरु गर्न लगाउने गरिन्छ भने पाहुनाहरुको बसाई अबधिलाई मध्यनजर गर्दै जङ्गल हाईकिङ, भिलेज वाल्किङ, जिप लाईन, झरणा अवलोकन, मन्दिर अवलोकन, स्कुलका विध्यार्थिहरुसङ अन्तरक्रिया, वाल तथा सार्वजनिक स्थल पेन्टिङ, सरसफाइ लगाएत कार्यहरूको अनुभव प्रदान गर्ने गरेको जानकारी होमस्टेका अध्यक्ष सुरज बास्तोलाले दिनुभएको ।

  • यसरी नगरकोट सामुदायिक होमस्टे काठमाडौ उपत्यकाकै एक नमुना होमस्टेको रुपमा आफुलाई चिनाउदै होमस्टे सिक्ने र सिकाउने केन्द्र होमस्टे पाठशालाको रुपमा अगाडी बढिरहेको छ ।