सिन्धुपाल्चोकमा सवारी दुर्घटना एमालेका दुई कार्यकर्ताको मृत्यु

197

काठमाडौ । सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ । चौताराबाट बाह्रबिसे जादै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्यान्करले ठक्कर दिदा मोटरसाइकलमा सवार नवीन पाण्डे र समीर दाेङको मृत्यु भएको हो । शनिबार दिउँसो सवा १ बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले बा प्र. ०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय  तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीयका पाण्डेको मृत्यु भएको हो। दुर्घटना भएपछि उनीहरू गम्भीर घाइते थिए। उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाण्डे नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सिन्धुपाल्चोक सह-सयोजक र दोङ जिल्ला कमिटीका सदस्य हुन् । उनीहरु पार्टीको कामले जादै गर्दा दुर्घटना भएको अनेरास्ववियुका एक नेताले जानकारी दिए । यसबारे थप विवरण आउन बाकी छ ।