डोल्पामा अपाङ्गमैत्री विद्यालयको निर्माण हुने

382

माघ ४,
काठमाडौँ । डोल्पाको सदरमुकाम दुनैमा अपाङ्गमैत्री विद्यालयको निर्माण हुने भएको छ । भौतिक एवं शैक्षिक विकासबाट पछाडि रहेको क्षेत्रलाई छनौट गरि विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका निमित्त विद्यालय निर्माण गरिन लागिएको हो । सदरमुकामको ठुलीभेरी नगरपालिका दुनैमा अपाड।गमैत्री मुकुटेस्वर बाल विद्यालय निर्माण हुने भएको छ । हाल अपाड।गता भएका ३० जना भन्दा बढी बालबालिकाहरु रहेको मुकुटेस्वर सेवा आश्रमको केहि समय पहिले डोल्पा बाट प्रतिनिधित्व गर्ने पूर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी, क्लबकी अध्यक्ष सरिता चन्द र नायक खतिवडालगायतले स्थलगत अबलोकन गरे पश्चात बालबालिकाहरुकोलागि ८ कोठे विद्यालय भवन निर्माण हुन भएको हो । यो भवन निर्माणको लागि अभिनेता खतिवडा लाइन्स क्लब अफ न्यु वेभको संयोजक समेत छन् ।
ठुलीभेरी नगरपालिका दुनैमा करिब १ करोडको लगानिमा निर्माण सुरु हुनलागेको मुकुटेश्वर आभारभुत विद्यालयको निर्माण शिलन्यास सुरु हुदैंछ । समाजसेवी अर्जुन बहादुर शाहलीले सो विद्यालय निर्माणका लागि २ रोपनी जग्गा उपलब्ध गराएका छन् । प्रदेश सरकार र लाइन्स कल्ब अफ न्यू वेभका ३९ जना सदस्यहरुको सहयोगमा ४ कोठा पठनपाठन, २ कोठा बस्न, २ कोठा भान्सा र शौचालयको लागि गरी ८ कोठाको भवन निर्माण हुनेछ ।