Friday, September 18, 2026
Home समाज मुकुन्द रिजालको पार्थिव शरीरमा महानगरको झण्डा

मुकुन्द रिजालको पार्थिव शरीरमा महानगरको झण्डा

31

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर यतिखेर राष्ट्रिय सभागृहमा राखिएको छ। निमोनियाका कारण बिहीबार बिहान निधन भएको हो। उनको पार्थीव शरीरमा काठमाडौं महानगरका प्रमुख बलेन साह तथा उपप्रमुख सुनिता डंगोलले महानगरको झण्डा ओढाएका छन्। रिजालको आजै​ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए।