Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय अस्पतालको वार्डबाट नवजात शिशु चोरी

अस्पतालको वार्डबाट नवजात शिशु चोरी

51

यूपीको सहारनपुरमा एक जन्मजात शिशु अस्पतालबाट चोरी भएको छ। जिल्ला अस्पतालको महिला वार्डबाट अगस्ट १६ बिहान ५ बजेतिर एक नवजात शिशु चोरी भएको हो। अहिले पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। अस्पतालमा जडान गरिएका सिसिटिभी फुटेजको जाँच भइरहेको छ। बेहट इलाकामा बस्ने शाहरीन नामकी महिलाका पाँच छोरी छन्। १४ तारिकमा उनले पाँच छोरीपछि छोरो जन्माएकी थिइन्। १६ तारिकमा उनको बच्चा कसैले अस्पतालबाट गायब पारिदियो। सीसीटीभीमा एउटी महिला बच्चा बोकेकी देखिएको छ। अहिले सोही आधारमा प्रहरीले बालकको खोजी सुरु गरेको जनाएको छ।