Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय हैजाबाट ४८ जनाकोे मृत्यु

हैजाबाट ४८ जनाकोे मृत्यु

31

काठमाडौं । नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र एनसीडीसी ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ। देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए। स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न उपायहरू अपनाएको अडेटिफाले बताए। अधिकारीका अनुसार हैजाबाट बच्न र यसको फैलावटलाई पूर्णरुपमा रोक्न सबै सरोकारवालाले आवश्यक उपायहरु अपनाउनु पर्दछ। हैजा ‘भिब्रियो हैजा ब्याक्टेरिया’को साथ आन्द्राको सङ्क्रमणको कारण हुने एक पखालाजन्य समस्या हो। एजेन्सी