Friday, October 2, 2026
Home राजनीति एमाले अध्यक्ष ओलीको आरोप नक्कली शरणार्थी प्रकरणका दोषीलाई उम्काउन खोजियो

एमाले अध्यक्ष ओलीको आरोप नक्कली शरणार्थी प्रकरणका दोषीलाई उम्काउन खोजियो

40

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।