काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम फिर्ता गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको पक्षमा हुनुपर्ने बताएका हुन्। ‘प्रधानमन्त्री ज्यू नीति तथा कार्यक्रम फिर्ता लिनुस्। अथवा पुन: लेखन गर्नुस्। बरू समय हामी दिन्छौ’, अध्यक्ष ओलीले भने, ‘अहिलेको नीति तथा कार्यक्रमलाई सरकार बाहिरका दलले पास गर्न सहयोग गर्दैन।’












