Thursday, September 24, 2026
Home राजनीति माओवादीको तयारीः गृह र अर्थमध्ये एक मन्त्रालय लिने

माओवादीको तयारीः गृह र अर्थमध्ये एक मन्त्रालय लिने

31
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार संसद्‌मा विश्वासको मत लिएसँगै आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने उनका प्रमुख सल्लाहकारले बताएका छन्।

यद्यपि उनका भनाइमा अहिले पनि मन्त्रिमण्डलमा दलहरूको हिस्सेदारीबारे “अनौपचारिक छलफल” जारी छन्।प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने निर्णय गरेको संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ताले पनि विश्वासको मत दिएपछि मात्र सत्ता साझेदारीबारे विस्तृत छलफल अघि बढ्ने जनाकारी दिए। संसद्‌को चौथो ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रचण्डलाई दिएको समर्थन कायम रहेको तर सरकारमा सहभागी हुने वा नहुनेबारे अहिले छलफल नभएको जनाएको छ।