गाडिएको अवस्थामा बम भेटियो

16
सांकेतीक तस्विर

पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा आज ९शनिवार० बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो । बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा वन भेटिएको सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताउनुभयो ।

शक्तिशाली मानिने यो वम विस्फोटन हुँदा ठुलो सङ्ख्यामा क्षति पुग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले इलाका प्रहरी कार्यालय दुम्कीवास का प्रहरी निरीक्षकको टोली त्यस ठाउँमा पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भई नसकेको बताउनुभयो ।