Friday, September 18, 2026
Home समाचार भक्तपुरमा मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुरमा मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

79

भक्तपुर । विभिन्न स्थानमा मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने बर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोवाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं १६ बालाजु नै बस्ने बर्ष ३० को रामशरण अछामीलाई पक्राउ गरेको हो ।

यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी भएको उजुरी परेको थियो ।प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोवाइल चोरी भएकोमा चोरी भएका मोवाईलहरु मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोवाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।साथै, फागुन १४ गते काठमाडौं बुढानिलकण्ठमा रामकुमार दंगालले सञ्चालन गरेको चाहना मोवाइल मार्ट तथा फागुन १६ गते जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोवाइल सेन्टरमा समेत निज जिनलाप घिसिङले चोरी गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत बसन्त पाठकले जानकारी दिए ।