वडाध्यक्षले दिए तलब-सुविधाको सम्पूर्ण रकम

23

काठमाडौँ । पर्वतको फलेबास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम वितरण गरेका छन्।  गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्।

उनले तलबबापतको एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रु। तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन्।