सरकारले दुई वटा विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने

42

काठमाडौं । सरकारले भने दुई वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । नेपालमा दुई वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ । तर यो यूएईको खबर हो ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको हो । यूएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता पनि प्रदान गरिनेछ ।