Sunday, September 20, 2026
Home राजनीति अमेरिकी सहयोग नियोग प्रमुख सामन्था काठमाडौँ आउँदै

अमेरिकी सहयोग नियोग प्रमुख सामन्था काठमाडौँ आउँदै

194

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौँ आउन लागेकी छन्। उनी आउने आइतबार काठमाडौँ आइपुग्ने अपेक्षा गरिएको छ।

राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्। नेपालमा रहँदा पावरले राजनीतिक भेटघाटसँगै नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछिन्। उनका छलफल नेपालले प्रजातान्त्रिक, समावेशी र समृद्ध र सुदृढ मुलुक बन्न गरिरहेका प्रयत्नमा केन्द्रित रहने युएसएडले उल्लेख गरेको छ।